Saturday, September 14, 2019


ने वि प्रा राष्ट्रिय कर्मचारी युनियनको संक्षिप्त चिनारी


v २०४७ बैशाख २२ गते एकल ट्रेड युनियनको रुपमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको नामबाट गठन ।

v वि. सं. २०४९ मा तत्कालीन सरकारले अबलम्वन गरेको राजनैतिक विचारका आधारमा ट्रेड युनियनहरु गठन हुने नीति अनुरुप प्रगतिशील विचार राख्ने कर्मचारीहरुको पहलकदमीमा २०५१ फाल्गुन १० गते नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ२०५१ गठन ।

v २०६० सालमा सम्पन्न छैटौं महाधिवेशनबाट नाम परिर्वतन भई ने.वि.प्रा.कर्मचारी युनियन नामाकरण भएको ।

v २०६२/६३ को राजनैतिक परिवर्तन पश्चात २०६३ मा अखिल नेपाल क्रान्तिकारी कर्मचारी ट्रेड युनियनको गठन भई २०६६ मंसिर १० गते सम्पन्न प्रथम सम्मेलनबाट नेपाल राष्ट्रिय कर्मचारी संगठनको गठन ।

v २०७५ साल मंसिर १४ गते नेपाल विद्युत प्राधिकरणभित्र क्रियाशील रहेका प्रगतिशील विचार राख्ने दुई प्रभावशाली ट्रेड युनियनहरु नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियननेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त)बीच एकीकरण भई नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गठन ।

v देशको संघीय संरचना अनुसारको संगठन निर्माण गर्दै सातै प्रदेशहरुमा प्रदेश कमिटी, केही जिल्लाहरुमा जिल्ला समन्वय समिति र १५१ स्थानहरुमा इकाई समितिहरुको निर्माण गरी बृहत साँगठनिक संजाल सहितको ट्रेड युनियनको रुपमा स्थापित ।



ने वि प्रा कर्मचारी युनियनको स्थापना

v २०४७ बैशाख २२ गते एकल ट्रेड युनियनको रुपमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको नामबाट गठन ।
v वि. सं. २०४९ मा तत्कालीन सरकारले अबलम्वन गरेको राजनैतिक विचारका आधारमा ट्रेड युनियनहरु गठन हुने नीति अनुरुप प्रगतिशील विचार राख्ने कर्मचारीहरुको पहलकदमीमा २०५१ फाल्गुन १० गते नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ२०५१ गठन ।
v २०६० सालमा सम्पन्न छैटौं महाधिवेशनबाट नाम परिर्वतन भई ने.वि.प्रा.कर्मचारी युनियन नामाकरण भएको ।
v २०६२/६३ को राजनैतिक परिवर्तन पश्चात २०६३ मा अखिल नेपाल क्रान्तिकारी कर्मचारी ट्रेड युनियनको गठन भई २०६६ मंसिर १० गते सम्पन्न प्रथम सम्मेलनबाट नेपाल राष्ट्रिय कर्मचारी संगठनको गठन ।
v २०७५ साल मंसिर १४ गते नेपाल विद्युत प्राधिकरणभित्र क्रियाशील रहेका प्रगतिशील विचार राख्ने दुई प्रभावशाली ट्रेड युनियनहरु नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियननेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त)बीच एकीकरण भई नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गठन ।
v देशको संघीय संरचना अनुसारको संगठन निर्माण गर्दै सातै प्रदेशहरुमा प्रदेश कमिटी, केही जिल्लाहरुमा जिल्ला समन्वय समिति र १५१ स्थानहरुमा इकाई समितिहरुको निर्माण गरी बृहत साँगठनिक संजाल सहितको ट्रेड युनियनको रुपमा स्थापित ।

विगतमा युनियनले खेलेको भुमिका

(क) प्रथम निर्वाचन २०४७
      २०४७ सालमा ब्यक्ति निवार्चित हुने गरी सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ९५ प्रतिशतभन्दा बढी प्रगतिशील समुहका साथीहरु विजयी भएका थिए ।  निर्वाचनमा पराजित केही समूहले तत्कालीन सत्ताको आडमा निर्वाचित कमिटीलाई आफ्ना गतिविधि संचालन गर्न अवरोध खडा गरेता पनि परिपक्क नेतृत्वले तत्कालीन अवस्थामा युनियनलाई अगाडि बढाउदै निम्न उपलब्धीहरु प्राप्त गराउँन सफल भएको थियो ।

v खाजा भत्ताको ब्यबस्था,
v परिवहन भत्ताको ब्यवस्था,
v शैक्षिक भत्ताको ब्यवस्था,
v शिफ्ट भत्तामा बृध्दि
v सापटी रकममा बृध्दि,
v पोसाक सुविधाको ब्यवस्था,
v विद्युत भत्ताको ब्यवस्था,
v कठिन कार्य भत्ताको ब्यवस्था,
v स्वएच्छिक अवकाश हुदाँको रकममा बृध्दि
v सामुहिक दुर्घटना विमाको व्यवस्था,
v चमेना गृहको ब्यवस्था,
vअस्थायी र ज्यालादारी कर्मचारीलाई स्थायी गर्न सीमित परिक्षाको व्यवस्था,
v नयाँ नियुक्ति¸ सरुवा¸ वढुवा भई पदस्थापना हुदाँ बाटो म्यादको ब्यवस्था,
vसहायक स्तरमा पनि आन्तरिक प्रतियोगिताको ब्यवस्था लगायतका उपलब्धीहरु हासिल भएका थिए । 

(ख) दोश्रो निर्वाचन २०५५

  • २०५५ सालमा लोगोमा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा यस युनियनले पुनः विजय प्राप्त गर्यो । सो अवधीमा आधिकारिक ट्रेड युनियनका हैसियतले मागहरु राखी देहायका उपलब्धीहरु प्राप्त गराउन सफल भएको थियो ।
v स्वत वढुवा, फाईल वढुवा र आन्तरिक प्रतियोगिता मार्फत वढुवा कार्यलाई प्रभावकारी बनाइएको,
v पावरहाउस तथा सवस्टेसनहरुमा टेलिभिजन र पत्रपत्रिका राख्ने ब्यवस्था गरिएको,
v कठीन कार्य भत्तामा एकरुपता गराईएको,
v पोसाक सुविधामा बृद्धि गराईएको,
v सापटीमा लाग्ने व्याजदर घटाईएको,
v क्षेत्रीय स्तरमा सापटी रकम वितरणको ब्यवस्था गराईएको,
v महङ्गी भत्ताको ब्यवस्था गराईएको,
v अतिथि गृहको ब्यवस्था तथा संचालन गराईएको,
v तलव, भत्ता र ग्रेड रकममा बृद्धि गराउन सफल भएको,
v१० जिल्लाका शाखाहरुलाई नीजिकरण हुनवाट बचाएको लगायतका उपलब्धीहरु हासिल भएका थिए । 

(ग) तेश्रो निर्वाचन २०५७
  •   २०५७ सालमा भएको निर्वाचनमा हाम्रो युनियनले आधिकारिकता प्राप्त गर्न सकेन र निर्वाचनमा विजयी ने.वि.प्रा. कर्मचारी संघले विगतमा आधिकारिक ट्रेड युनियनका हैसियतले हामीले उपलब्ध गराउन सफल भएका उपलब्धीहरुको रक्षा समेत गर्न सकेन । संस्था र कर्मचारीका पक्षमा आधिकारिक ट्रेड युनियन र ब्यवस्थापन बीच भएका विगतका सहमति तथा संझौताहरुलाई कार्यान्वयन गर्न संघले ध्यान दिएन र आधिकारिक ट्रेड युनियनका हैसियतले आफ्नो कार्यकालमा संस्था र कर्मचारी हीतका सवालमा सामुहिक सौदावाजीको वातावरण नै निर्माण गरेन । बरु कर्मचारीहरुको अतिरिक्त समय काम गर्दा पाउने सुविधा ग्रेड सहितको तलवमानका आधारमा पाई आएकोमा शुरु स्केलका आधारमा दिने निर्णय हुदाँ साक्षी बनेर बस्यो ।

(घ) चौथो निर्वाचन २०५९

  •  २०५९ सालमा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा हाम्रो युनियनले विजय प्राप्त गर्यो । हाम्रो युनियनको यो विजय पश्चात विगत २/३ वर्ष देखी समय सापेक्ष रुपमा कर्मचारीहरुको सेवा शर्त सुविधाहरु र संस्था सुधारका विषयहरुमा औपचारिक माग पत्रहरु पेश नभईरहेको अवस्था थियो । २०५६ सालमा हाम्रो युनियन र ब्यवस्थापन पक्ष बीच भएका संझौताका कतिपय वुँदाहरु ओझेलमा परिरहेका थिए । त्यसैले आम कर्मचारीहरुका भावना र निर्वाचनमा जारी गरिएको प्रतिबद्धता मुताविक निम्न कार्यहरु सम्पन्न गरियो ।
२०६१ श्रावण १५ गते २६ सूत्रीय माग पत्र पेश गरियो:

v पेश गरिएका मागहरु पुरा गराउँन करीव २ महिनाको आन्दोलन र आन्दोलन पश्चात ब्यवस्थापन पक्ष र युनियन बीच २०६१ आश्विन १० गते सम्झौता भएको थियो ।
v सहमतिको कार्यान्वयनमा जोड दिदै हाम्रो युनियन आधिकारिक नहुदाँ ब्यवस्थापनबाट काटिएको ग्रेड सहितको तलवमानका आधारमा ओभरटाईम लगायतका सुविधा भुक्तानी गर्ने ब्यवस्थालाई पूनः निरन्तरता दिलाउन सफल भएको ।
v सबै कर्मचारीलाई सरदर प्रति महिना १०० युनिटका दरले विद्युत सुविधा उपलब्ध गराउन सफल भएको ।
v शिफ्ट भत्तामा ५०% ले बृध्दि गराउन सफल भएको ।
v १ दिनको तलव बराबरको ग्रेड दर कायम गराउन सफल भएको ।
v कर्मचारी कल्याणकारी कोषको स्थापना गर्न सफल भयौं तर हाम्रो भावना अनुरुप कार्यान्वयनमा आउन अझै बाँकी रहेको छ ।
v सावधिक जीवन वीमाको बोनस रकम सम्वन्धित कर्मचारीलाई नै उपलब्ध गराउने ब्यवस्था लागू गराउन सफल भएको ।
v सबैं पावर हाउसहरुमा कार्यरत कर्मचारीहरुलाई भ्एच् लागू गराउन सफल भएको ।
v तलवको २०% ले हुने रकम महङ्गी भत्ताको रुपमा विशेष भत्ताको ब्यवस्था गर्न युनियन सफल भएको ।
v यसै अवधिमा युनियनले काठमाण्डौको वालाजु स्थित अतिथि गृहलाई सुधार तथा विस्तार गरी २० वेड क्षमताको बनाईएको थियो ।
v तत्कालीन सरकारले नेपाल विद्युत प्राधिकरणलाई खण्डीकरण गर्ने भनी ल्याउन लागिएको विद्युत अध्यादेशको विरोध गरी सम्वन्धित पक्षको ध्यानाकर्षण गरिएको थियो ।
v यसै गरी संस्थागत सुधारका लागि ने.वि.प्रा.को क्उष्िि भ्लभचनथ को खपत गराउने, नेपाल सरकारले लिने ब्याज र रोयल्टी घटाउने, नयाँ जलविद्युत आयोजनाको छनौट गर्दा च्बतभ या च्भतगचल का आधारमा आकर्षक आयोजना छनौट गरी चिलिमे मोडेलमा निर्माण गर्दै उत्पादन बढाउने, हचुवाका भरमा ने.वि.प्रा.का वितरण संरचनाहरु समुदायलाई दिन नहुने, सामान खरिदमा नियमितता हुनुपर्ने, सवारी साधन नपुगेका दुर्गम स्थानहरुमा बाहेक काठको पोलको प्रयोग गर्न नहुने, ने.वि.प्रा. का पोल प्लान्ट तथा ट्रान्सफर्मर वर्कसपहरु अधिकतम रुपमा संचालनमा ल्याउनु पर्ने, माथिल्लो तामाकोशी ज.वि.आ. चिलिमे मोडेलमा स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने जस्ता विषयमा लिखित र मौखिक रुपमा आवाज बुलन्द गरिएको थियो ।

(ङ) पाँचौ  निर्वाचन २०६२
  २०६२ सालमा भएको यस निर्वाचनमा हाम्रो युनियनले पुनः विजय प्राप्त ग¥यो । विजय प्राप्तसँगै हाम्रो युनियनको काँधमा थप जिम्मेवारी समेत प्राप्त भयो । आधिकारिक ट्रेड युनियनका हैसियतले नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा पर्यवेक्षकको रुपमा हाम्रो सहभागिता रह्यो ।

यस अवधिमा भएका महत्वपूर्ण कार्यहरुः
v नेपाल विद्युत प्राधिकरणको खण्डीकरण गर्नका लागि नयाँ विद्युत ऐन ल्याउने सरकारको तयारीको डटेर मुकाविला गरी प्राधिकरणलाई विखण्डनबाट जोगाएकोे ।
v नेपाल सरकारलाई तिर्नु पर्ने ब्याज दर र रोयल्टी रकम घटाउन सफल भएको ।
v कोटेशनबाट गरिने खरिद र निर्माण कार्य रोक्न सफल भएको ।
v द टिम्बर कर्पोरेशन लि.वाट गुणस्तरयुक्त काठको पोल खरिद गर्न शुरुवात गरिएको ।
v आफ्नो पोल प्लान्टवाट निर्माण भएको पोल प्रयोग गर्न दवाव सृजना गरिएको ।
v नेपाल टेलिकमले प्राधिकरणका पोलहरु प्रयोग गरे वापत वार्षिक रु. २ करोड २५ लाख सेवाशुल्क लिन सफल हुनुका साथै प्राधिकरणको अप्टिकल फाइवर भाडामा दिई यसको आय बृद्धिमा अहम् भूमिका निभाएको ।
v कर्मचारीहरुलाई अप्ठ्यारो पार्ने गरी शाही शासन कालमा आएको कर्मचारी सेवा विनियमावलीलाई संशोधन गराउन सफल भएको ।
v कुल्ली पदलाई जुनियर हेल्पर कायम गरिएको ।
v स्वतः बढुवा हुने प्रावधानलाई तह ९ सम्म लागु हुने ब्यवस्था गर्न सफल भएको ।
v तमाम सेवा अवधी भरमा १ पटक पनि बढुवा नहुने कर्मचारीलाई अनिवार्य अवकाश हुन ६ महिना अगाडि १ वढुवा दिने ब्यवस्था गरिएको ।
v अधिकृत स्तरका कर्मचारीहरुको खाजा भत्तामा बृद्धि गरिएको ।
v स्थायी कर्मचारी प्राधिकरणको कामको शिलशीलामा दुर्घटनामा परी मृत्यु भएमा विधुवा पत्नी वा विदुर पतिलाई सहायक स्तरमा रु. १००० र अधिकृत स्तरमा रु.१५०० पारिवारिक बृत्ति दिने ब्यवस्था गरिएको ।
v काउण्टरमा काम गर्ने कर्मचारीका लागि काउण्टर भत्ता बृद्धि गरिएको ।
v उत्पादन र प्रशारण ब्यवसायमा Enhance Performance Reward (EPR) को ब्यवस्था गरेको ।
v नेपाल विद्युत प्राधिकरणको विनियमलाई राज्यले लिएको नीति अनुरुप परिवर्तन गरी समावेशीका आधारमा कर्मचारी भर्ना प्रकृया अगाडि बढाउन पहल गरी सोही अनुरुप कर्मचारी भर्ना प्रकृया अगाडि बढाएको ।
v सापटी रकममा बृद्धि गराईएको ।
v जलविद्युत केन्द्रका क्वाटरमा बस्ने कर्मचारीलाई थप विद्युत सुविधा उपलब्ध गराउन सफल भएको ।
v नेपाल विद्युत प्राधिकरणमा कार्यरत ज्यालादारी कर्मचारी (२०६१ मघ १९ अघिका) हरुलाई एकमुष्ठ म्यादी गराई सीमित प्रतियोगिता मार्फत स्थायी गराउन विनियमावलीमा सीमित परिक्षा प्रणालीको ब्यवस्था गरिएको ।
v युनियन संचालन कार्यविधी तयार गरी कार्यान्वयनका लागि ब्यवस्थापन समक्ष पहल गरिएको ।
v अमेरिकी डलरमा भुक्तानी दिने गरी महङ्गोमा विद्युत खरिद सम्झौता गर्न तयार भएको अपर मस्र्याङ्गदी जलविद्युत आयोजनाको एएब् का सर्तहरु परिमार्जन गर्ने प्रकृयामा लगिएको ।
v पहुँचका आधारमा हुने सरुवालाई पद्धतिका आधारमा गराउन सरुवा कार्यविधीमा छलफल अगाडि बढाईएको ।
v तह १ र २ मा कार्य गर्ने कर्मचारीलाई पोशाक सुविधामा बृद्धि गराउनुका साथै प्राधिकरणमा कार्यरत म्यादी कर्मचारीहरुलाई समेत दशैं खर्च र पोशाक सुविधा उपलब्ध गराउन सफल भएको ।
v सावधिक जीवन वीमाको बोनस रकम सम्वन्धित कर्मचारीले नै पाउने ब्यबस्था गराउन सफल भएको ।
v माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न युनियनले गरेको अथक प्रयास सार्थक भएको ।
v अनिवार्य अवकासको ३ महिना अगाडि चाहेको स्थानमा सरुवा हुन पाउने ब्यवस्था गरिएको ।
v प्रसुती स्याहार विदा १५ दिन पाउने ब्यवस्था गराउन सफल हुनुका साथै थप वेतलवी प्रसुती विदा ६ महिनासम्म लिन पाउने ब्यवस्था गराउन सफल भएको ।
v रु ५००० शिशु स्याहार सुविधाको ब्यवस्था गर्न सफल भएको ।
v नेपाल विद्युत प्राधिकरणमा स्थायी रुपमा कार्यरत कर्मचारी १५ वर्ष सेवा अवधी पुगी मृत्यु भएमा त्यस्ता कर्मचारीका लागि २० वर्ष सेवा अवधि पुग्न बाँकी अवधी थप गरी स्वईच्छाले पेन्सन वा उपदान लिन सक्ने ब्यवस्था लागू गर्न सफल भएको ।
v दैनिक भत्ता रकम बृद्धिका अतिरिक्त अनकल भत्ता तह ६ र ७ लाई रु. ७०० एवं तह ८ र ९ लाई रु. १००० को ब्यवस्था गर्न सफल भएको ।
v कडा रोग लागेका कर्मचारीहरुलाई प्रदान गरिने ३ लाख आर्थिक सहायता रकममा बृद्धि गरी ५ लाख पुर्याउन सफल भएको ।
v बतगचभम भई फिर्ता आएको वीमाको रकममा ब्याज प्राप्त हुने र वीमावाट सापटी लिन पाउने ब्यवस्था गराउन सफल भएको ।

(च) २०६५ देखी २०७३ सम्मको अवधीः
v देशले भोगेको संक्रमणसँगै नेपाल विद्युत प्राधिकरणमा पनि आधिकारिक ट्रेड युनियनको चुनाव हुन सकेको थिएन । सो अवधीमा पनि युनियनको अगुवाईमा भएका कार्यहरु यस प्रकार रहेका छन् ।
v त्रिशुली ३ ए जल विद्युत आयोजनाको क्षमता परिवर्तन गर्ने विचौलियाहरुको चलखेलका विरुद्ध यस युनियनको नेतृत्व र क्रियाशील ट्रेड युनियनहरुको साथ सहयोगबाट सशक्त आन्दोलन मार्फत रोक्न सफल भएको ।   
v २०६१ माघ १९ सम्म कार्यरत सबै (करिव २२०० जना) ज्यालादारीलाई म्यादी गर्दै पटक पटक सीमित प्रतियोगिता मार्फत सबै जनालाई स्थायी गराउन सफल भएको ।
vवितरण तथा ग्राहक सेवा ब्यवसायमा कार्यरत कर्मचारीहरुलाई भ्एच् उपलब्ध गराउन आवश्यक निर्णय गराउन सफल भएको ।
v आधिखोला जलविद्युत आयोजना विना प्रतिस्पर्धा CGGC कम्पनीलाई दिने निर्णयका विरुध्द संघर्ष गरी रोक्न सफल भएको ।
vराष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी कार्ययोजना २०७२ ल्याउन महत्वपुर्ण भूमिका खेलेको ।
v अर्थ मन्त्री बाबुराम भट्टराई र उर्जा मन्त्री पोष्ट बहादुर बोगटी भएको बेला नेपाल विद्युत प्राधिकरणको संचित घाटा २७ अर्ब अपलेखन गराउन सफल भएको ।
v उज्यालो नेपालको अभियान’’ संचालन गरी बर्षौदेखी देशले भोगी रहेको लोडसेडिङ्ग अन्त्य गर्न अग्रणी भूमिका खेलेको ।
v अनाधिकृत रुपमा सरकारका विभिन्न निकाय र नेताहरुले प्रयोग गरेका नेपाल विधुत प्राधिकरणका सवारी साधनहरुलाई फिर्ता गराउन सशक्त कदम चाली फिर्ता गराउन सफल भएको ।
v नेपाल विद्युत प्राधिकरणको आर्थिक पुर्न संरचना (Financial Restructuring) प्रस्तावलाई तत्कालीन अर्थ मन्त्री कृष्ण बहादुर महरा मार्फत अर्थ मन्त्रालयबाट पारित गराई बर्षेनी ९/१० अर्ब घाटामा गईरहेको ने.वि.प्रा.लाई नाफाको अवस्थामा पुर्याउन महत्वपुर्ण भुमिका खेलेको ।
v अर्थ मन्त्री कृष्ण बहादुर महरा र उर्जा मन्त्री जनार्दन शर्माको पालामा वीमा ३६ कहिनाबाट ४२ महिना गराउन सफल भएको  ।
v टेण्डर भइसकेको Electro Mechanical Meter लाई रध्द गराई Smart मिटर ल्याउन भूमिका खेलेको ।
v वर्षौ देखी नबढेको घर जग्गा सापटी, घर भाडा, सिफ्ट भत्ता, काउन्टर भत्ता, दैनिक भ्रमण (TADA) भत्ता तत्कालीन उर्जा मन्त्री जनार्दन शर्मासंग समन्वय गरी बढाउन सफल भएको ।
v रुपान्तरण अभियानसंचालन गरी ट्रेड युनियन आन्दोलनलाई मर्यादित र अनुशासित बनाउन पहल गरिरहेको ।
v नेपाल विद्युत प्राधिकरणका कार्यालयहरुलाई सरसफाई गरी ग्राहक मैत्री बनाउन देशै भरी अभियान संचालन गरिरहेको ।

(छ) छैठौं निर्वाचन २०७३
  २०७३ सालमा भएको निर्वाचनमा हाम्रो युनियनले आधिकारिकता प्राप्त गर्न सकेन र निर्वाचनमा विजयी ने.वि.प्रा.कर्मचारी संघले संस्था र कर्मचारीका पक्षमा विगतमा क्रियाशील ट्रेड युनियनहरु बीच भएका सम्झौताहरु तथा प्राधिकरणका ऐन नियमहरुमा भएका ब्यवस्थाहरु समेत कार्यान्वयन गराउन सकेन । आधिकारिक ट्रेड युनियनका हैसियतले आफ्नो कार्यकालमा संस्था र कर्मचारी हीतका सवालमा सामुहिक सौदावाजीको वातावरण निर्माण गर्नुको सट्टा सस्तोमा निर्माण हुनसक्ने आकर्षक जल विद्युत आयोजनाहरुको डलरमा भुक्तानी दिने शर्त सहित महंगोमा विद्युत खरिद संझौता गर्ने काम भएको छ । जसले गर्दा प्राधिकरण दिर्घकालीन घाटाको चपेटामा जाँदैछ भने अर्को तर्फ विगतमा टेक एण्ड पे शर्तमा भएका विद्युत खरिद संझौताहरु टेक अर पे मा रुपान्तरित भएका छन् । संचालक समितिबाट यस्ता निर्णयहरु भै रहदाँ आधिकारिक ट्रेड युनियनले सामान्य छलफल समेत नगरी साछी बस्ने काम मात्र गरेको छ । कर्मचारी सेवा विनियमावली पुनर्लेखनका नाममा हाल कर्मचारीहरुको बृत्ति विकासका अवसरहरु साँघु¥याइनु तथा खाईपाई आएका सुविधाहरु समेत कटौति हुने गरी विनियमावलीको प्रस्ताव तयार गरिएको छ । हामीले यस विषयमा घोर आपत्ति जनाइ सकेका छौं ।

स्वदेशी लगानीमा जलविद्युतको विकासका लागि युनियनले खेलेको भूमिकाः

  
 यस युनियनले संस्थामा कार्यरत कर्मचारीहरुको हक, हीत एवं अधिकारको संरक्षण र संवद्र्धन, संस्था सुधारसँगै विद्युतको विकासको लागि अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कर्मचारीहरु र सर्व साधारण जनताको स्वामित्व रहने गरी चिलिमे जल विद्युत आयोजना निर्माणमा यस युनियनको महत्वपूर्ण भूमिका रहेको थियो । उक्त आयोजना सफल भैसकेपछि स्वदेशी लगानिमै ४५६ मे.वा.को माथिल्लो तामाकोशी जल विद्युत आयोजना निर्माणको अवधारणा यस युनियनले अघि सारेको थियो । नेपालको आफ्नो लगानीमा यो ठूलो आयोजना बन्नै नसक्ने, लगानी नै नजुट्ने, नेपाल विद्युत प्राधिकरणको क्षमता नै नपुग्ने भन्दै उर्जा मन्त्रालय, अर्थ मन्त्रालय र केही नेताहरु यो मोडलमा बन्न नदिने पक्षमा उभिएका थिए । यूनियन आफैं स्वदेशी लगानीको श्रोत जुटाउन लविङ्गमा अग्रसर भएको थियो । धेरै ठूलो मेहनत पश्चात कर्मचारी संचय कोष, नेपाल टेलीकम, नागरिक लगानी कोष र वीमा संस्थानले ऋण लगानी गर्ने वातावरण तयार गर्न सकिएको थियो जुन आयोजनाको निर्माण करिवकरिव अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्न भई विद्युत उत्पादन भएपछि प्राधिकरणले मात्र प्रतिवर्ष करिव १० अर्व नाफा कमाउन सक्ने अवस्थाको सृजना भएको छ । त्यसै गरी चिलिमे, नेपाल विद्युत प्राधिकरण, कर्मचारी र सर्व साधारण जनताको स्वामित्व रहने गरी चिलिमे अन्तर्गत १११ मे. वा. को रसुवागढी, १०२ मे. वा. को मध्य भोटेकोशी, र ५७ मे. वा. को सान्जेन र अपर सान्जेन गरी २७० मे. वा. का आयोजनाहरु यो मोडलमा ल्याउनमा पनि युनियनको अत्यन्त महत्वपूर्ण भूमिका रहेको थियो ।

 स्वदेशी लगानीमा जलविद्युत आयोजना निर्माणका लागि नेपालको पानी जनताको लगानी भन्ने युनियनको विगत देखिको नारा आज राष्ट्रिय नारा बन्न पुगेको छ । युनियनले २०६७ साल देखि पूर्वको आकर्षक आयोजना माथिल्लो अरुण जल विद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणसँग माग गर्दै आएको थियो । उर्जा मन्त्रालयबाट उक्त आयोजना नेपाल विद्युत प्राधिकरणलाई दिन आनाकानी गरी रहंदा युनियनको अथक प्रयासका कारण उक्त आयोजनाको सर्भे अनुमति पत्र नेपाल विद्युत प्राधिकरणले प्राप्त गरी अध्ययन प्रकृया अघिबढेको र नेपाल विद्युत प्राधिकरणको ६८ प्रतिशत शेयर सहितको नेतृत्वमा निर्माण गर्नका लागि कम्पनी गठन भैसकेको छ । प्राधिकरणले सस्ता र आकर्षक आयोजना निर्माण गर्दा नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्था माथि उठ्नेछ भने आम कर्मचारीहरुको जीवन स्तर समेत माथि उठ्नेछ ।



No comments:

Post a Comment

नेविप्रा राष्ट्रिय कर्मचारी युनियन

नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुका हक, अधिकारका बारेमा सचेत गराउँदै रोजगारीको ग्यारेन्टीका साथै प्रगतिशिल ट्रेड युनियन आन्दोलनलाई सुदृढ पार्न सहयोग पुर्याउने यसको उद्देश्य रहेको छ । सक्षम र जुझारु नेतृत्व निर्माण गर्दै सामाजिक परिवर्तन र संघिय लोकतान्त्रिक गणतन्त्रको सम्वर्धनमा पेशाकर्मीहरुलाई सहभागि गराई जनमुखी सेवा र स्वच्छ प्रशासनको विकाश गर्न प्रयत्नशिल रहनुका साथै अपार जल सम्पदाको अधिकतम उपयोगबाट मुलुकलाई समृध्दि तर्फ लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।